गर्भावस्थामा हुने मधुमेह र यसबाट बच्ने उपाय
हेल्थ टिभी अनलाइन : आमा बन्नु कुनै पनि महिलाका लागि अत्यन्तै खुशीको कुरा हो। खुशीसँगै यसका चुनौती पनि धेरै छन्। महिलाका लागि गर्भावस्था निकै संवेदनशील हुन्छ। यो वेलामा महिलाको शरीरमा विभिन्न परिवर्तन आउँछ। शारीरिक थकानदेखि र मानसिक तनावसमेतको सामना गर्नुपर्छ।
गर्भावस्थामा धेरै महिलालाई हुने समस्या भनेको मधुमेह हो। यसलाई ‘जेस्टेसनल डाइबेटिज’ भनिन्छ। गर्भवती समयमा रगतमा चिनीको मात्र धेरै हुन्छ। गर्भवस्थाअघि नभएका महिलाहरू पनि यो समयमा मधुमेह समस्या भोग्न बाध्य हुन्छन्। गर्भावस्थामा शरीरमा इन्सुलिन हर्मोन उत्पादन नहुुनु वा मात्रा कम हुने भएकाले ‘जेस्टेसनल डाइबेटिज’ हुन्छ।
वंशाणुगत ९बाबुआमालाई मधुमेह थियो भने०, मोटोपन, शारीरिक व्यायाम कम गर्ने, उच्च रक्तचाप, मिर्गौलारोग आदि छ भने मधुमेहको सम्भावना हुन्छ। यस्तै पहिलो बच्चा चार केजी भन्दा बढी जन्मेको छ भने पनि यस्ता महिलालाई मधुमेह हुने सम्भावना निकै हुन्छ।
लक्षण
धेरै भोक लाग्ने, छिटो छिटो पिसाब लाग्ने, बच्चा पेटको साइजभन्दा बढी छ भने जेस्टेसनल डाइबेटिज भएको हुनसक्छ। यीबाहेक खासै लक्षण देखिँदैन। स्क्रिनिङको आधारमा थाहा पाइन्छ। गर्भावस्थामा मधुमेह हुँदा बच्चा र आमा दुवैलाई खतरा हुन्छ।
मधुमेह भएका बिरामीको पहिलो उपचार भनेकै खानपान नियन्त्रण हो। दिनको ६ पटक थोरै थोरै गरी खस्रो रेसादार खाना खानुपर्छ। व्यायाम, योग ध्यानतिर समय दिनुपर्छ। आवश्यक परेको खण्डमा इन्सुलिन दिने गर्छौ ।
जुन बच्चाको वजन ४ केजीभन्दा धेरै हुन्छ,जीवित रहने सम्भावना कमै हुन्छ। आमामा प्रेसर बढ्ने , ब्लिडिङ हुने सम्भावना हुन्छ। यस्ता आमालाई १०्१५ वर्षपछि मधुमेह हुन सक्छ।
शारीरीक व्यायाम नगर्ने कसरत नगर्ने, सन्तुलित भोजन नगर्ने, मोटोपन नियन्त्रण नगर्ने र यसअघि बुबाआमालाई मधुमेह भएका महिलालाई मधुमेह हुनसक्छ। त्यसैले उचित खानपान, व्यायाम र तौल नियन्त्रणमा ध्यान दिन आवश्यक छ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !