आज विश्व मुटु दिवस मनाइँदै, यसरी राखौं मुटुलाई स्वस्थ
हेल्थ टिभी अनलाइन\ काठमाडौं : आज सेप्टेम्बर २९ अर्थात विश्व मुटु दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ । विश्व मुटु महासंघको आव्हानमा हरेक वर्ष सेप्टेम्बर महिनाको २९ तारिखमा यो दिवस मनाउने गरिन्छ । अस्पतालमा आउने बिरामीको संख्या हेर्ने हो भने प्रत्येक वर्ष मुटुरोगीको संख्या बढ्दै गएको छ। नेपालमा पनि खराब जीवनशैलीको कारण मुटुरोगीको संख्या प्रत्येक वर्ष बढिरहेको विज्ञहरु बताउँछन्।
यी हुन् मुटु बिगार्ने कारण :
शारीरिक व्यायामको कमी
धेरै जनाले आफनो शारीरिक व्यायाममा खासै ध्यान दिएको पाइँदैन् । मुटुलाई स्वस्थ राख्नका लागि शारीरिक सक्रियता अति नै आवश्यक हुन्छ । तर धेरै जना आफनो शारीरिक सक्रियतामा ध्यान नदिंदा यसले मुटुमा असर गर्न थाल्छ ।
अस्वस्थकर खानपान
खानपानमा ध्यान नदिंदा पनि मुटु रोग बढ्दै गएको छ । पछिल्लो समय युवा पुस्ता बाहिरको खाना तथा जंकफुडमा बढी झुम्मेको पाइन्छ । यसले जिब्रोलाई स्वाद दिए पनि यसले मुटुलाई पनि हानी गरिरहेको हुनछ ।
धुम्रपान र मदिराको सेवन
त्यसो त धुम्रपान र मदिराले कुनै पनि अंगलाई फाइदा पुराउँदैन् । तर अन्य भन्दा पनि यसको असर मुटुसँग सिधै हुने गर्छ । मुटु बिगार्ने प्रमुख कारणमा पर्छ धुम्रपान र मदिरा सेवन । त्यसैले यी दुई कुराबाट टाढै रहन जरुरी हुन्छ ।
नियमित जाँच नगर्नु
मुटु रोग लाग्दा कतिपय अवस्थामा शुरुमा लक्षण नै नदेखिन सक्छ । लक्षण नदेखिएसम्म परीक्षण नगर्नु ठूलो गल्ती हुन्छ । सामान्ययता ३० वर्ष पछि नियमित रुपमा वर्षको एक पटक मुटु परीक्षण गरेमा कम्तीमा भित्र केही रोगको संकेत भएमा पत्ता लाग्छ । सुरुमै उपचार गर्न सकिन्छ ।
मधुेमहलाई व्यवास्ता गर्नु
मधुमेहलाई साइलेन्ट किलरका रुपमा लिइन्छ । मधुमेहको सम्बन्ध सिधै मुटुसँग हुन्छ । त्यसैले मधुमेह भएकाले मुटुरोगको जोखिम बढी हुने कुरा मनन गर्दै यसको सही उपचार गरी सुगर लेबललाई नियन्त्रणमा राख्न पर्छ । मधुमेह नियन्त्रणमा नभएमा यसले मुटु बिगार्न थाल्छ ।
त्यसैले मुटुरोगबाट बच्न माथिका यी कुरामा ध्यान दिन जरुरी छ । सक्रिय जीवनशैली अपनाउने, नियमित स्वास्थ्य परीक्षण गर्ने, धुम्रपान तथा मदिरापन नगर्ने, नुन तथा गुलिया पदार्थको सेवन कम गर्ने, बढी मोटोपन भएमा पनि मुटुरोगको जोखिम हुन्छ त्यसैले तौल घटाउने गर्नुपर्दछ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’