Health TV Online
Health TV Online
Health TV Online

कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस के हो ? कसरी बच्ने ?

कोभिड १९ सँग मिल्दोजुल्दो लक्षण भएको स्क्रब टाइफस के हो ? कसरी बच्ने ?

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्क्रब टाइफस ‘ओरिन्सया सुसुगामासी’ जीवाणुले संक्रमित एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा सर्छ । समयमै उपचार नगरे यसले गम्भीर रुप लिनसक्छ । जस्तै मस्तिष्क, कलेजो, फोक्सो, आदिको संक्रमण र कहिलेकाहीं बहुअंग विकार मल्टी अर्गान डिस्फंसनको अवस्था पनि सिर्जना हुनसक्छ ।

कसरी सर्छ ? 
मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने संक्रमित किर्नाले मानिसलाई टोके यो रोग मानिसलाई सर्छ । यसको लक्षणहरुमा उच्च ज्वरो आउनु, आँखा रातो हुनु,धेरै टाउको दुख्नु, जोर्नी र मांंसपेशी दुख्नु, टोकेको ठाउँमा कहिलेकाहीं कालो दाग देखिनु, बिमिरा देखिनु, सास फेर्न समस्या हुनु, खोकी लाग्नु, पेट दुख्नु, पखाला लाग्नु हुन ।

बच्ने उपाय
किर्नाको टोकाइबाट बच्न खेत झाडी वा वनजंगल जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा किटनाशक मलमको प्रयोग गर्ने
घर वरिपरिका खेतवारीमा घाँसहरु धेरै बढ्न नदिने र वातावरण सफा राख्ने मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्ने ।

यो रोगको लक्षण कोभिड १९ सँग मिल्दोजुल्दो भएकाले कोभिड परीक्षण गर्दा नेगेटिभ आएमा पनि स्क्रब टाइफसको जाँच गरौं र समयमै उपचार गरेमा यो रोग निको हुन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर

जाडोमा ‘लेमन टी’

जाडोमा ‘लेमन टी’