के हो कालो ढुसी ? (म्यूकरमाइकोसिस) जानीराखौं
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोभिड-१९ संक्रमणमा परेका बिरामीमा आँखा, नाक, र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण नेपालमा पनि केही संक्रमितहरुमा पुष्टि भइसकेको छ । यो संक्रमण विरलै देखिन्छ तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकाले समयमा नै ध्यान पुराउन आवश्यक छ । यो कोरोना भाइरसको संक्रमण जसरी एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन ।
कालो ढुसीका सामान्य प्रारम्भिक लक्षणहरु:
-अनुहार, मुख नाक, आँखा वरिपरी दुख्ने
-ज्वरो आउने
-आँखा नाक सुन्निने
-रातो हुने वा दुख्ने
-नाकको वरिपरीको छालाको रंग कालो हुँदै जाने , रगत बग्ने, बाक्लो सिंगान आउने
-दाँत दुख्ने, आँखाको ढकनी सुन्निने र ढकनी झुक्ने
-आँखाले धमिलो देख्ने
कस्ता व्यक्ति उच्च जोखिम हुन्छन् :
-कोभिड- १९ को उपचारका क्रममा स्टेरोइड प्रयोग गरेका व्यक्तिहरु
-चिकित्सकको सल्लाह बिना एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरु
-मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाकहरु
आइसोलेसनमा बस्दा अपनाउन सकिने रोकथामका उपाय :
-सफा र सुख्खा मास्कको प्रयोग गर्ने
-डिस्पोजेबल मास्ककोे पुन प्रयोग नगर्ने
-नियमित हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने
-व्यक्तिगत सरसफाइमा ध्यान दिने
-घरबाहिर वा फोहोरमा काम गर्नुपर्ने भएमा डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने
-मधुमेहका बिरामीले सुगर नियन्त्रणमा राख्ने
-स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधिको प्रयोग गर्ने
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा थप ७ दिन जारी
‘इन्डोडन्टिक्स’ सम्बन्धी पहिलो ‘पीजी कन्भेन्सन’ सम्पन्न
सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार
रसुवा बाढी : अझै पनि ४ हजार २१६ जना सम्पर्कविहीन