बदामका अनेक फाइदा
शरीरलाई स्वस्थ राख्न सबैभन्दा उपयुक्त खानेकुरा हो बदाम, जसलाई मधेसी बदामका रुपमा पनि चिनिन्छ ।
मधेशी बदाममा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइन्छ। यसमा क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत हुन्छ। फाइबरयुक्त भएकाले बदाम मुटुका लागि समेत राम्रो मानिन्छ। मधेशी बदाम सेवनले दाँत एवं हड्डी बलियो बनाउन समेत सहयोग गर्दछ ।
बेलुका भिजाएको बदाम बिहान खाँदा पूरै दिन यसले शरीरमा शक्ति प्रदान गर्छ। यस्तो बदाम खाने सही समय बिहानको खाजा खानुभन्दा अघि हो। तर अन्य कुनैपनि बेला खान सकिन्छ । खाने समयको ठेगान नभएका बेला ४, ५ दाना बदाम खाँदा यसले केही समयका लागि भोक मेट्नका साथै उर्जा समेत प्रदान गर्दछ ।
भिजाउँदा बदाममा नरमपन आउँछ र यसमा रहेको बाहिरी पत्र सजिलैसँग यसबाट बाहिर आउँछ। यसलाई बच्चा वा वृद्ध उमेरकाले पनि सजिलैसँग खान सक्छन्। बढ्ने उमेरका बालबालिका एवं वृद्धहरुलाई अझ बढी यसको सेवन आवश्यक भएको बताइन्छ । साथै बदामको दुध बनाएर पनि खान सकिन्छ । दिमाग तेज बनाउन एवं सम्झना शक्ति बढाउन पनि बदामको सेवन उपयुक्त मानिन्छ ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने