रुघाखाेकीको औषधि घरमै छ, यसरी प्रयोग गर्नुस्
पुस महिनाको उत्तरार्धतिर लाग्दै गर्दा चिसो अत्यधिक बढेको छ। चिसोका कारण ज्वरो आउने, घाँटी खसखसाउने, हाच्छिँउ आउने सुक्खा खोकी लाग्ने, टाउको दुख्ने, नाकबाट पानी बग्ने र थकाइ महसुस हुने लगायत समस्या अधिकांशमा देखिन्छ।
चिसोबाट बच्न र रुघाखोकीबाट छुटकारा पाउन घरमै भएका सामग्री औषधिका रूपमा प्रयोग गर्न सकिन्छ। घरेलु रूपमा पाइने खाद्य पदार्थ मात्रा मिलाएर सेवन गरे यस्ता समस्याबाट बच्न सकिन्छ।
४–५ पत्ता तुलसीलाई तातोपानीमा राखेर हरेक दिन बिहान खाली पेटमा पिउने गरे रुघाखोकीबाट बच्न सकिन्छ। तुलसीको ४–५ वटा पातलाई नियमित महमा मिसाएरखाने गरे पनि खोकी निको हुन्छ।
बेसार, अदुवा र ज्वानो पानीमा पकाएर हरेक दिन बिहान–बेलुका खाने गरे रुघाखोकी निको हुन्छ। अदुवालाई अलिअलि पोलेर महसँग नियमित खाने गरे पनि रुघाखोकीबाट बच्न सकिन्छ।
हरेक दिन बिहान खाली पेटमा ३ देखि ६ ग्राम शुद्ध बेसार मनतातो पानीमा मिलाएर ३–४ दिनसम्म लगातार सेवन गरे पनि रुघाखोकी निको हुन्छ।
गाउँघरमा पाइने रुदिलोलाई पानीमा पकाएर हरेक दिन नियमित सेवन गर्नाले रुघाखोकी र चिसोका कारण निम्तिने श्वासप्रश्वाससम्बन्धी समस्या समाधान हुन्छ।
गाउँघरमा नै पाइने गुर्जोको लहरालाई थिचेर यसको रस नियमित सेवन गरे पनि रुघाखोकी र ज्वरोबाट मुक्ति सकिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण