बदाम रातभर भिजाएर खानुका फाइदा
शरीरलाई फिट राख्न सबैभन्दा उपयुक्त खानेकुरा हो, बदाम(मधेशी बदाम)।
मधेशी बदाममा पर्याप्त मात्रामा प्रोटिन तथा फाइबर पाइन्छ। यसमा क्याल्सियम, एन्टीअक्सिडेन्ट तथा भिटामिन ई समेत हुन्छ। फाइबरयुक्त भएकाले बदाम मुटुका लागि समेत राम्रो मानिन्छ। मधेशी बदाम सेवनले दाँत एवं हड्डी बलियो हुन्छ।
बेलुका भिजाएको बदाम बिहान खाँदा पूरै दिन यसले शरीरमा शक्ति प्रदान गर्छ। यस्तो बदाम खाने सही समय बिहानको खाजा खानुभन्दा अघि हो। अथवा अन्य कुनैपनि बेला खान सकिन्छ ।
भिजाउँदा बदाममा नरमपन आउँछ र यसमा रहेको बाहिरी पत्र सजिलैसँग यसबाट बाहिर आउँछ। यसलाई बच्चा वा वृद्ध उमेरकाले पनि सजिलैसँग खान सक्छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण