योग गर्दै हुनुहुन्छ?, ध्यान दिनुस् यी कुरा
सबैलाई थाहा भएको कुरा हो स्वस्थ्य शरीर, मन र मस्तिष्ककालागि योग एकदमै फाइदाजनक छ। तर योग गर्दा सावधानी अपनाउनु आवश्यक छ। योग गर्दा केही नियम अनिवार्यरूपमा पालना गर्नुपर्छ। नत्र योगबाट फाइदा होइन, बेफाइदा हुनसक्छ।
योग कठिन आसनबाट शुरु गर्नु हुँदैन। सरल हुँदै कठिनतिर जानुपर्छ।
योग गर्नुअघि थोरै वार्मअप गर्नु राम्रो हुन्छ। प्राणायाम गरेपछि मात्र योग शुरु गर्नुस्। अन्त्यमा शवासन गर्न नभुल्नुस्।
योग गरिरहेको बेला शरीर तातो हुन्छ। त्यसैले यतिवेला चिसो पानी पिउनु हुँदैन।
वज्रासन बाहेक अन्य कुनैपनि योग खाना खानसाथ गर्नुहुन्न । खाना खाएको कम्तीमा तीन घण्टापछि मात्र योग गर्नु राम्रो हो।
योग गरिरहेको समयमा शाैचालय जानु उचित हुँदैन। योग शुरु गर्दा नै मलमूत्र रहित भएर गर्नु राम्रो हुन्छ।
योग गर्नसाथ तुरुन्तै नुहाउनु हुँदैन। योग गर्दा शारीरिक तापमान बढ्छ। तत्काल शरीरमा चिसो पार्दा रुघाखोकीजस्ता समस्या आउन सक्छ।
योगगुरुको सल्लाह वा निगरानीविना जथाभावी योग गर्नु हुँदैन। किताब पढेर वा टीभीमा हेरेर योग गर्दा समस्या हुनसक्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण