गाजर खाँदा हुने फाइदा
गाजर स्वादिलो मात्र होइन स्वास्थ्यवर्धक खानेकुरा हो। सिंगै होस् वा सलादको रूपमा अथवा तरकारी वा हलुवाका रूपमा खान सकिने गाजर पौष्टिकताले भरपुर छ।
भिटामिन ए, बी, सी, डी, ई तथा के समेत पाइन्छ। यसमा पर्याप्त एन्टिअक्सिडेन्ट तत्त्व पाइन्छ। गाजर सम्भव भए दिनहुँ खानु राम्रो। नियमित गाजर खानुका फाइदा–
रक्तअल्पताको समस्यामा गाजरको नियमित सेवन रामवाण हो। गाजरले रगत उत्पादन बढाउँछ।
भिटामिन ए भरपूर हुनाले गर्दा आँखाको ज्योति तेज पार्नमा पनि यसले सहयोग गर्छ। रतन्धो हुनबाट जोगाउँछ।
गाजरको नियमित सेवनले रगतलाई बढी गाढा हुनबाट जोगाउाछ। यसका कारण मुटुरोगको जोखिम कम हुन्छ।
नियमित रूपमा गाजर खानाले खोकी, दम र पिसाब पोल्नेजस्ता समस्याबाट मुक्ति पाउन सकिन्छ।
नियमित गाजर सेवनले छाला स्वस्थ तथा चमकदार बनाउँछ। यसले क्यान्सरको जोखिम पनि कम गर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण