जाडोमा किन खाने मेथीको साग?
जाडोमा प्रशस्त सागसब्जी हुन्छ। रायो, तोरी, चम्सुर पालुंगोजस्ता साग यही समयमा उत्पादन हुन्छ। मौसमी सागले स्वास्थ्यलाई निकै फाइदा गर्छ। जाडोयाममा पाइने बहुगुणकारी अर्को साग हो, मेथी। मेथीको साग स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक मानिन्छ ।
मेथीको हरियो साग खाँदा पाचनतन्त्रले सहजरूपमा काम गर्नुका साथै कब्जियत वा ग्याष्ट्रिक जस्ता समस्यामा फाइदा पुग्छ।
मेथी वा यसको सागले चिसोबाट बचाउँछ। यसलाई कुनै न कुनै रूपमा दिनदिनै सेवन गर्दा रुघाबाट जोगिन सकिन्छ।
मेथीको साग नित्य सेवन गर्दा मुटुसम्बन्धी रोग नजिक आउन पाउँदैन। यसले हृदयघातको सम्भावनालाई न्यून बनाउँछ।
बारम्बार पिसाब आउने समस्या छ भने मेथीको पातको रसले फाइदा पुग्छ । दैनिक यसको सेवनबाट समस्या दूर हुन्छ।
मेथीको पात कपालका लागि पनि अत्यधिक लाभदायक छ। यसको पातलाई पिसेर लगाउँदा कपाल कालो, बाक्लो र चमकदार हुन्छ। साथै कपाल र्झन पनि रोकिन्छ।
सुन्दरता बढाउनमा पनि मेथी प्रभावकारी छ। यसलाई पिसेर अनुहारमा लगाउँदा त्वचामा चमक आउँछ। रुखो त्वचा हुनेहरूका लागि यो अत्यन्त लाभदायक हुन्छ।
मेथीको साग प्रतिदिन सेवन गर्दा वा मेथीको दानाको चूर्ण प्रतिदिन खाँदा वजन नियन्त्रणमा रहन्छ र बोसोको मात्रा बिस्तारै बिस्तारै कम हुन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण