जाडोमा हातगोडाका छाला यसरी स्वस्थ राखौँ
जाडोमा कतिपयलाई हातगोडाका छाला फुट्ने समस्या हुन्छ। अझ चिसो पानीले लुगा धुन र भाँडा माझ्नुपर्नेहरूलाई त यो समस्याले धेरै सताउँछ।
छालामा सुक्खापन हटाउन र फुटेको छाला ठिक पार्न नियमित मोस्चराइजर गर्नुपर्छ। हातमा रासायनिक औषधिको साटो प्राकृतिक वस्तु लगाउनुपर्छ।
ग्लिसिरिन र गुलाबजल मिश्रण कुनै पनि काम गर्नुअघि त्यो मिश्रणलाई हातमा लगाएर मसाज गर्दा छालालाई फाइदा पुग्छ। दूध र सुन्तलाको रससँग मह मिसाएर पनि सुक्खा वा फुटेको छालामा लगाउन सकिन्छ । यसको प्रयोगले छालामा भएका पानी सोस्ने ब्याक्टेरिया हटाएर छालाको सुक्खापन कम हुन्छ।
जाडोयाममा पानीको कमीका कारण सुक्खापन आउने भएकाले पर्याप्त पानी पिउनुपर्छ। हरेक बिहान तातोपानीमा दुई चम्चा मह र कागती मिसाएर खाँदा शरीर स्वस्थ हुन्छ। यसले छालालाई सुख्खा हुनबाट जोगाउँछ।




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’