पाचनसम्बन्धी समस्या : घरमै यसरी गर्नुस् उपचार
अस्वस्थ्यकर खानपानले हाम्रो पाचनप्रणाली कमजोर हुन्छ। पाचनप्रणाली कमजोर भएपछि शरीरमा अनेकौँ समस्या उत्पन्न हुन्छ, कब्जियत, अपच, झाडापखाला र बान्ता इत्यादि। यस्ता समस्याको घरेलु विधिबाट पनि उपचार खोज्न सकिन्छ।
अपच
एक गिलास तातो पानीमा एक चिम्टी हिंग र विरेनुन मिलाएर दिनमा तीन पटक पिउने।
एक कप पानीमा थोरै पुदिनाको पात मिसाएर तीनचार मिनेट उमाल्ने। छानेर मह मिसाएर पिउने।
एक गिलास तातो पानीमा एक कागतीको रस, एक ठूलो चम्चा बेकिङ सोडा र ए चिम्टी नुन मिसाएर पिउने।
झाडापखला
पाकेको केरालाई दहीमा मिसाएर सेवन गर्ने।
अदुवाको एक सानो टुक्रा पोल्ने र त्यसमा एक चिया चम्चा मह मिसाएर खाने।
दुई ठूलो चम्चा दहीमा आधा चिया चम्चा मेथीको दाना र जिरा मिसाएर सेवन गर्ने।
बान्ता
एक चिया चम्चा अदुवाको रस र कागती मिसाएर पिउने।
एक एक चिया चम्चा पुदिना र कागतीको रसमा एक ठूलो चम्चा मह मिसाएर पिउने।
ल्वाङको टुक्रा मुखमा राखेर चपाउने। वा एक कप पानीमा तीन चारवटा ल्वाङ राखेर उमाल्ने र सेलाएपछि पिउने।
कब्जियत
दिनमा दुई पटक एक चिया चम्चा त्रिफला पाउडर र मह मिसाएर सेवन गर्ने।
प्रत्येक दिनआधा ग्लास मनतातो पानीमा आधा चम्चा भुटेको जिरा पाउडर खाने।
आधा ग्लास पालुंगो रसमा आधा ग्लास पानी मिसाएर दिनमा तीन पटकसम्म पिउने।
एसिडिटी
तुलसीको केही पत्ता राम्ररी पखाल्ने र बिस्तारै चपाउने।
एक चम्चा मेथी दानामा थोरै पानी मिसाएर पेस्ट बनाउने, त्यसलाई छानेर रस पिउने।
एक कप पानीमा तीन वटा सुकुमेलको धुलो मिसाएर उमाल्ने, मनतातो बनाएर पिउने।
नेपाल क्यान्सर अस्पतालले एक अर्बको लगानी थप्दै
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्ने गरी सक्षम बनाइने