नियमित एउटा स्याउ खानुस्, पाउनुस् यस्ता फाइदा
स्याउ हरेक मौसममा सजिलै उपलब्ध हुने फल हो। यो जति स्वादिष्ट हुन्छ स्वास्थ्यका दृष्टिले पनि लाभदायी हुन्छ। नियमित स्याउ खाँदा शरीरलाई आवश्यक पौष्टिक तत्त्व प्राप्त हुन्छ।
फाइदा
स्याउमा प्रशस्त मात्रामा पाइने फाइबर, क्याल्सियम र एन्टिअक्सिडेन्ट तत्त्वले मानिसलाई निरोगी बन्न सघाउँछ। रोगप्रतिरोधी क्षमतासमेत बढाउँछ ।
यसले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुका साथै सुगर नियन्त्रणमा राख्न मद्दत गर्छ। साथै, रक्तसञ्चार ठिक राख्न पनि सघाउँछ।
स्याउमा पाइने फाइबरले कब्जियत कम गर्ने मात्र नभई पायल्सका बिरामीलाई समेत फाइदा पुग्छ।
मोटोपनबाट हुने हृदयाघात, डायबिटिज, मुटुरोगजस्ता विभिन्न समस्याको सम्भावना हटाउन पनि नियमित स्याउ खानुपर्छ।
ब्रोकासहितको स्याउले पित्तथैलीमा जमेर बसेको कालेस्ट्रोल बाहिर निकाल्छ। यसले पित्तथैलीमा हुने पत्थरीबाट जोगिन समेत मद्दत पुग्छ।
हरेक बिहान एउटा स्याउ खाने हो भने स्तन क्यान्सरको सम्भावनालाई केही मात्रामा प्रतिशत रोक्न सकिन्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण