गर्भवतीले खानुपर्छ यस्ता खानेकुरा

गर्भावस्थाको शुरुको अवस्था अर्थात् तीन महिना निकै जटिल मानिन्छ। खान मन नलाग्ने र वेला–वेलामा बान्ता हुने भएकाले पहिलाे तीन महिना शरीरमा पौष्टिक तत्त्व कमी हुन्छ। लामो समयसम्म शरीरमा भिटामिन नरहने भएकाले यो समयमा भिटामिन बी कमी हुन्छ।
त्यसैले, हरियो सागपात, मासु, फलफूल,दाल र गेडागुडी खानुपर्छ। प्रशस्त मात्रामा पानी पिउनुपर्छ। फोलिक एसिड पाइने खानेकुरा अनिवार्य खानुपर्छ । यसले अपांगता भएको शिशु जन्मिनबाट बचाउँछ ।
दोस्रो तीन महिना अर्थात् ६ महिनासम्मबच्चा र आमालाई बढी पोषण आवश्यक पर्छ। गर्भ बढ्दै जाने भएकाले बढी क्यालोरीको आवश्यकता पर्छ। प्रोटिन, भिटामिन र मिनरल्स पुग्नेगरी खाना खानुपर्छ।
शरीरमा पौष्टिक तत्त्वको कमी भए कुपोषण तथा रक्तअल्पता हुने सम्भावना बढी हुन्छ । त्यसैले, खानपानमा विशेष ध्यान दिनुपर्छ।
तेस्रो चरण अर्थात् ६ महिनादेखि सुत्केरी भएको डेढ महिनासम्म स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ । यो समयमा बच्चाको दूधका लागि पनि पौष्टिक आहारको बढी आवश्यकता पर्छ । त्यस्तै पछिल्लो चरणमा बच्चाको विकास हुने समय भएकाले क्याल्सिययुक्त खानेकुरा खानुपर्छ।
खानेकुराबाट पौष्टिक आहार नपुग्ने अवस्था आए आइरन र क्याल्सियम सप्लिमेन्ट दिनुपर्छ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना