जाडाेमा प्रशस्त खानुस् रायाेकाे साग, यस्ता छन् फाइदा

अहिले रायो साग पाइने मौसम हो। जाडो मौसममा सजिलै उपलब्ध हुने, चाँडो पाक्ने र स्वादिलो पनि हुने भएकाले रायोको सागको तरकारी सर्वप्रिय मानिन्छ। रायोका साग बढी पोषणयुक्त तरकारीमा रायो पर्छ। यो स्वास्थ्यका दृष्टिले पनि अत्यन्त लाभदायक छ। यसका फाइदाहरू–
रायोको सागमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ। रतन्धो, पुरानो बाथ, कफ आदिबाट बच्न याे अत्यन्त उपयोगी हुन्छ।
यसमा पाइने फोलिक र म्याग्नेसियमले मानव शरीरमा रहने विभिन्न विकारयुक्त वस्तुलाई बाहिर निकाल्छ।
रायोको सागमा भिटामिन के प्रचूर मात्रामा पाइने भएकाले गर्भवतीलाई खुवाउँदा फाइदा हुन्छ।
जाडोमा बाथका रोगीलाई हड्डी दुख्ने समस्या हुन्छ। रायोमा पाइने कपरले यो समस्यामा फाइदा पुर्याउँछ।
रायो भिटामिन सीको पनि राम्रो भएकाले रुघाखोकी लागिरहने व्यक्तिलाई लाभदायक हुन्छ।
रायोले पिसाबनलीमा हुने पत्थरीलाई कम गर्छ। रायोको साग नियमित खाँदा क्यान्सरको जोखिम कम गर्छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु