स्मरणशक्ति क्षीण हुनबाट जाेगाउन…
सम्झनाशक्ति सबै मानिसमा समान हुँदैन। तर, केहीमा रोगका कारण पनि ह्रास आइरहेको पाइएको छ। स्मरणशक्ति हाम्रो जीवनशैलीमा पनि निर्भर रहन्छ। स्मरणशक्ति बढाउने केही उपाय—
नियमित रूपमा याेगाभ्यास, व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रूपमा रक्तसञ्चार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरणशक्ति बढाउँछ।
निद्राका कारण हाम्रो स्मरणशक्ति क्षीण भइरहेको हुन्छ । दिमागलाई सधैँ चनाखो बनाइराख्न पर्याप्त निद्रा आवश्यक छ ।
बदाम, ओखर, हरियो सागपात, ग्रीन टी आदिको नियमित सेवनले स्मरणशक्ति बढ्छ।
दिमागलाई कसरत हुने खेल–बाघचाल, चेस, लुडो आदि खेल्दा दिमाग तेजिलो बनाउन सहयोग पुग्छ।
दैनिक नयाँ कुराको खोजी गर्नुस् । जसले दिमागलाई सधैँ सक्रिय राख्छ र स्मरणशक्ति क्षीण हुनबाट बचाउँछ।
सम्झन गाह्रो हुने नाम, वस्तु र संख्यालाई आफूले स्मरण गर्न सक्ने वस्तुसँग जोड्ने गर्नाले पनि बिर्सने समस्याबाट राहत पाउन सकिन्छ।
घर या अफिसका सामान सधैँ निश्चित ठाउँमा राख्ने गर्नाले ती सामान हराउनबाट जोगाउन सकिन्छ।







Pledges to Curb Antimicrobial Resistance Must Urgently Translate into Action
वरिष्ठ युरोलोजिष्ट डा सञ्जय खड्गीलाई अन्तराष्ट्रिय अवार्ड
साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित
आत्महत्यासम्बन्धी जिम्मेवार रिपोर्टिङका लागि सञ्चारकर्मीलाई अभिमुखीकरण
बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो