चिसाेबाट बच्न अपनाउनुस् यस्ताे सावधानी

अब बिस्तारै जाडाेयाम शुरु हुँदैछ। याे याममा चिसाेका कारण रूघाखाेकीलगायत विभिन्न समस्या उत्पन्न हुन्छन्। चिसाेयाममा विशेषगरी साना नानी तथा वृद्धवृद्धा बढी प्रभावित हुन्छन्। जाडाेबाट बच्न यी सावधानी अपनाउन सकिन्छ–
शरीरमा ऊर्जा दिने खानेकुरा सेवन गर्नुहोस् । दूध र दूधजन्य पदार्थलगायत प्रोटिनययुक्त खानेकुरा खानुस् ।
बाहिर हिँड्दा बाक्लो कपडा लगाउनुस् । सवारीसाधन चलाउँदा हावा भित्र नछिर्ने ऊनीको बाक्लो स्वेटर वा ज्याकेट लगाउनुस् ।
दिनमा एकपटक अनिवार्य घाममा बस्ने गर्नुस्। घाममा बस्दा चिसो हट्नुका साथै स्वास्थ्यसम्बन्धी अन्य फाइदा पुग्छ।
बढी जाडो भएमा शरीरमा तेलले मालिस गर्न सकिन्छ। यसका लागि तोरी, जैतुन र तिलको तेल प्रयोग गर्नुस्।
महमा प्रशस्त आइरन पाइन्छ। यो रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न पनि महत्त्वपूर्ण मानिन्छ । त्यसैले जाडोमा मह सेवन गर्नुस्।
अदुवाको सेवन पनि चिसोबाट बच्ने उत्तम उपाय हो। चिया, दाल र तरकारी आदिमा अदुवा राखेर पकाउने गर्नुस् । यसले रुघाखोकीको जोखिमलाई समेत न्यूनीकरण गर्छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु