Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यसरी घटाउनुस् मोटोपना

यसरी घटाउनुस् मोटोपना

३० वर्ष कटेपछि नियमित रूपमा तौल परीक्षण गरिरहनुपर्छ। केही किलो तौल बढ्नेबित्तिकै त्यसलाई घटाउनेतर्फ सोच्नुपर्छ।

बिहान, दिउँसो अथवा बेलुकीमध्ये कुनै पनि वेलाको खाना छाड्नु हुँदैन। छोटो–छोटो समयमा केही खाइरहनु पर्छ। धेरै बेरसम्म पेट खालि भयो भने ग्यासको समस्या हुन्छ।

दिउँसोको खाना खानुभन्दा करिब आधा घण्टाअघि केही फलफूल खानुपर्छ। हामीले खाएको खाना पचाउन फलफूलले सहयोग पुर्‍याउँछ । खालि पेटमा फलफूल खानाले शरीरमा उर्जा प्राप्त हुन्छ।

सामान्यतया दिनको करिब ८ देखि १० गिलास पानी पिउनुपर्छ। खाना खाँदा भने पानी पिउनु हुँदैन। पानी पिउनै पर्छ भने खाना खानुभन्दा कम्तीमा १५ मिनेट अघि वा पछि पिउनुपर्छ।

खाना खाँदा राम्ररी चपाउनु पर्छ। खानाको प्रत्येक गाँस कम्तीमा ३५ देखि बढिमा ५० पटकसम्म चपाउनु पर्छ। हामी खानालाई चपाउन जति समय खर्च गर्छौं, त्यति नै कम क्यालोरी शरीरले ग्रहण गर्छ।

खाना खाने वेलामा अन्य कुरामा ध्यान दिनु हुँदैन।खाना खाँदा अरु कुरामा ध्यान दिँदा खानाबाट ध्यान अन्यत्र जान्छ भने हामीले आवश्यकता भन्दा बढी खाना खाइरहेका हुन्छाैँ।

राति ८ बजेपछि गरिष्ट खाना खानु हुँदैन। डिनरमा सकेसम्म कम क्यालोरीयुक्त खाना खानुपर्छ। सकेसम्म  झोल पदार्थ (सुप)मा बढी जोड दिनु पर्छ।

बिहान वा साँझ, हरेक दिन हिँड्नुपर्छ। कम्तीमा २५ मिनेटसम्म लगातार हिँड्नु पर्छ। एक किलोमिटर हिँड्न १० मिनेटभन्दा बढी समय लगाउनु हुँदैन। हरेक दिन एकै स्थानमा हिँड्नु हुँदैन। हरेक दिन भिन्न भिन्न दिशातर्फ हिँड्नुपर्छ।

एकै पटक ३० मिनेटसम्म व्यायाम गर्ने समय छैन भने दिनको तीन पटक १०\१० मिनेटका दरले व्यायाम गर्न सकिन्छ।

फास्ट फुड र जंक फुड नखाएकै राम्राे। क्यान फुड, प्याक्ड फुड, फोजन फुड तथा ‘ओभर कुक्ड फुड’बाट बच्नु पर्छ ।यिनकाे साटाे फलफूल, जुस  खान सकिन्छ। हरेक दिनको खानामा फलफूल, हरियाे सलाद आदि समावेश गर्नुपर्छ।

थप समाचार

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण