क्यान्सर रोगको रोकथाम र व्यवस्थापन कसरी?
स्तनमा गिर्खा वा गाँठागुठीको समयमै पत्ता लगाउन आफैँले स्तनको परीक्षण गर्ने तरिकाबारे जानकारी लिनुहोस् र सिक्नुहोस्। म्यामोग्राफीबारे चिकित्सकसँग सल्लाह लिनुहोस्।
महिलाले ३० वर्षको उमेरदेखि नै नियमित रुपमा ‘प्याप स्मेयर’ परिक्षण गराएमा पाठेघरको मुखको क्यान्सर समयमै पत्ता लगाउन सकिन्छ।
सुर्तीजन्य पदार्थको सेवन र धूमपान नगर्ने। यसले क्यान्सर मात्र नभई अन्य विभिन्न रोग लाग्ने जोखिम पनि कम गर्छ।
सन्तुलित आहारलाई बढी जोड दिने र आफ्नो स्वस्थ तौललाई कायम राख्ने।
प्रसस्त मात्रामा फलफूल, सागसब्जी र दुधबाट उत्पादित चिल्लो कम भएका सामग्रीको उपभोग गर्ने।
स्वस्थ रहन नियमित शारीरिक व्यायाम गर्ने र स्वस्थकर जीवनशैली अपनाउने।
यदि शंकास्पद लक्षण देखिएमा वा परिवारमा कोही व्यक्तिलाई पहिला क्यान्सर भएको इतिहास भएमा आफ्नो जाँच गराउनुहोस्।
चिकित्सकको सल्लाह लिएर पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपीभी खोप लगाउनुहोस्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण