गर्मीयाममा यसरी जाेगिनुस् ब्याक्टेरियाकाे संक्रमणबाट
बर्खामा ब्याक्टेरिया, भाइरस तथा जीवाणु वातावरणमा सजिलै फैलिने भएकाले विभिन्न संक्रमण फैलिने खतरा हुन्छ। यस्तो संक्रमणका कारण ज्वरो आउँछ।
सामान्यतया हावामा पानीको मात्रा बढी हुँदा कीटाणुहरू लामो समयसम्म बाँच्न सक्छन्। कीटाणुको प्रजनन बढी हुने हुँदासमेत सजिलै संक्रमण हुन्छ।
नियमितजसो पानी पर्ने भएकाले जताततै पानी जम्छ । जमेको पानीमा लामखुट्टे तथा अन्य जीवाणु हुर्किन्छन् । यी कीटाणु दूषित पानी खाना र हावाबाट मानिसकाे शरीरमा प्रवेश गर्छन्।
गर्मीका कारण खानेकुरा छोटो समयमा नै कुहिने, ब्याक्टेरिया फैलिन्छन्। प्रदूषण बढ्दासमेत सरुवा रोगको सम्भावना बढ्छ।
ज्वरो विभिन्न रोगको लक्षण हो। यदि समयमै रोकथाम गर्न सकिएन भने विभिन्न जटिल खालकाे संक्रमण हुने सम्भावना हुन्छ।
सरसफाइमा विशेष ध्यान दिनुपर्छ। घरआँगन र टोल सफा राख्नुपर्छ। फोहोर थुप्रिन दिनुहुँदैन। फाेहाेरका कारण ब्याक्टेरियल संक्रमण छिटो फैलिन्छ।
पानी जम्ने ठाँउ सफा गर्नुपर्छ । बाहिर राखिएका भाँडाकुडा, टायर, पानी अड्केर बस्न सक्ने ठाउँ सधैँ सफा हुन जरुरी छ। लामो समयसम्म पानी जम्दा लामखुट्टे तथा अन्य रोग सार्ने कीटाणु फैलिन्छन् ।
चर्को घाममा हिँड्दासमेत ज्वरो आउँछ। यो समयमा प्रशस्त पानी पिउनुपर्छ। पखाला र ज्वरो आदिको लक्षण देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउनुपर्छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण