Health TV Online
Health TV Online
Health TV Online

बहुगुणी अमिलाे फल कागती

बहुगुणी अमिलाे फल कागती

भिटामिन सीको मुख्य स्रोत मानिने कागतीलाई आन्तरिक एवं बाह्य स्वास्थ्य रक्षाका लागि महत्त्वपूर्ण मानिन्छ। कागतीमा ‘सिट्रोन’ नामक पदार्थका साथै क्यारोटिन र साइटिन अम्ल पाइन्छ, जसमा विविध रोग निर्मूल गर्ने शक्ति हुन्छ।

कागती रुचिकारक, कब्जियतनाशक, शीतलता प्रदान गर्ने एवं साैन्दर्यवर्धक फल हाे। यसलाई विभिन्न उपचारमा समेत प्रयोग गर्न सकिन्छ। यसको प्रयोगबाट झाडापखाला, चर्मरोग, अमलपित्त, पेटको रोग, बाथ, दाद, ज्वरो र रूघा आदि रोगबाट मुक्ति पाउन सकिन्छ। कागतीको सेवन ठीक तरिकाले गरे मात्र फाइदा लिन सकिन्छ।

कागतीको रसलाई मुलाको रससँग नुन मिसाएर सेवन गर्नाले शारीरिक बनावटमा सुन्दरता प्राप्त गर्न सकिन्छ। अनुहारमा डण्डीफोर  हटाएर कान्ति ल्याउन कागती पानी प्रशस्त मात्रामा पिउनुपर्छ।

पेट पोल्ने रोगका लागि मरिच र नुनको साथमा कागतीको रस खानाले फाइदा पुग्छ। पेटमा ग्यास भरिएको अनुभव भएमा एक ग्लास पानीमा विरेनुन वा सिँधेनुन र जिराको धुलो राखेर पिउनाले आराम हुन्छ।कागतीको बियाँलाई पिसेर पानीसँग मिसाएर खाँदा पेटमा पर्ने जुका र चुर्ना नाश हुन्छन्।

कागती पानीको नियमित सेवनले रक्तसञ्चारमा सहयोग पुर्याउनुका साथै रगत सफा र शुद्ध पार्छ र हृदयशक्ति बढाउँछ।

कागतीको रसमा जिराको धुलो राखेर पिउनाले फाइदा पुग्छ। साथै सवारी साधनमा लामाे यात्रामा बान्ता हुनेहरूले कागतीको सिंगै दाना साथमा राख्नुपर्छ। बान्ता होला जस्तो भएमा सुँघ्नाले पनि फाइदा पुग्छ।

खाली पेटमा बिहानै कागतीको रस राखेर नियमित पिउनाले पुरानो कब्जियत समेत हट्छ। साथै यसले मोटाेपन घटाउन समेत मद्दत गर्छ।

यसैगरी अन्य धेरै रोगमा यसको प्रयोग गर्न सकिन्छ। गर्मीयाममा अरूचि भएमा खानामा कागतीको रस राखेर खाँदा रूचि बद्छ। कागतीको रसमा सख्खर राखेर खानाले बाडुली रोकिन्छ। कागतीको रसमा चिनी राखेर पिउनाले पित्तरोगलाई फाइदा पुग्छ।

अदुवाको धुलोमा कागतीको रस मिसाएर लेप लगाउनाले दाद र छाला चिलाउने रोग नाश हुन्छ। कागतीले शरीरमा भएका दूषित पदार्थ बाहिर निकाली आन्तरिक शक्तिमा वृद्धि गराउँछ।

थप समाचार

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला

खराब कोलेस्टेरोल घटाउने ओखर

खराब कोलेस्टेरोल घटाउने ओखर

जाडोमा ‘लेमन टी’

जाडोमा ‘लेमन टी’