खाना खानेबित्तिकै के नगर्ने?

सुत्नु हुँदैन
धेरैको बानी खाना खानेबित्तिकै एक्छिन सुत्ने हुन्छ। तर खाना खाने बित्तिकै सुत्नु स्वास्थ्यको लागि निकै हानिकारक हुन्छ। मधुमेह, उच्च रक्तचापका समस्या भएकाहरूले त झन् खाना खाने बित्तिकै सुत्नुहुँदैन। सकेसम्म खाना खाएपछि सुत्नु भन्दा थोरै हिँड्नु राम्रो हुन्छ।
नुहाउनु हुँदैन
खाना खानेबित्तिकै नुहाउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ। बरु खाना खानुअघि नुहाउनु स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ।
पानी पिउनु हुँदैन
स्वस्थ जीवनशैलीको लागि पानी आवश्यक एक पदार्थ हो। दैनिक कम्तीमा पनि दुई लिटर पानी खान अनिवार्य मानिन्छ। तर केही त्यस्तो समय छ। जुन समय पानी खानु स्वास्थ्यको हिसाबले राम्रो मानिदैन।
खाना खानेबित्तिकै पानी खानु राम्रो हुँदैन। खाना खानेबित्तिकै पानी खानाले पाचन प्रणालीमा असर पुर्याउँछ। यस्तै खानासँगै पानी खानु पनि ठीक हाेइन।
फलफूल खानु हुँदैन
हाम्रो शरीरलाई स्वस्थ्य राख्दै दैनिक रूपमा फलफूल खानु राम्रो हुन्छ। माैसमी फलफूलमा हुने विभिन्न खालमा भिटामिनले शरीरमा आवश्यक पौष्टिक तत्त्वहरू पूरा गर्छ। तर खाना खाने बित्तिकै भने फलफूल खानु राम्रो मानिँदैन। अझ अमिला फलफूल सकेसम्म खाना खाएपछि आधा घण्टासम्म खानु राम्रो हुँदैन।
हुँदैन धूमपान\मद्यपान
चुरोट पिउनु वा मद्यपान गर्नु कुनै वेला पनि राम्राे हाेइन। चुराेट खाने मानिस मात्र नभई नजिक बस्नेको स्वास्थ्यका लागि पनि हानिकारक मानिन्छ। तरचुरोट खाने बानी भएका मानिसले खाना खानेबित्तिकै चुरोट खाने गर्छन्। खाना खाने बित्तिकै चुरोट खानेको लागि क्यान्सरको जोखिम झन् बढ्छ।
खाना खानेबित्तिकै मदिरा पिउँदा मुटुसम्बन्धी समस्याले बढ्छ। लामो समय सम्म खाना खाने बित्तिकै मदिरा सेवन गर्नेमा हृदयाघात हुने जोखिम धेरै हुन्छ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा