हरियाे धनियाँकाे औषधीय गुण

धनियाँ करेसाबारी र गमलामा सजिलै उमार्न सकिन्छ। अचारमा होस् वा तरकारीमा धनियाँले स्वाद थप्छ। यसमा क्याल्सियम, आइरन, पोटासियम, फास्फोरस, कैरोटिन, भिटामिन ‘सी’ लगायतका पौष्टिक तत्व पाइन्छ। त्यसैले धनियाँमा औषधीय गुण पनि हुन्छ।
नियमित धनियाँको जुस सेवन गर्नाले पाचनक्रिया स्वस्थ बनाउँछ । पेट फुल्ने, खाना अपच हुने, छाती पोल्ने जस्ता समस्यमा धनियाँको जुसले फाइदा पुग्छ।
बिहान खाली पेटमा धनियाँको जुस सेवन गर्दा त्यसले उच्च रक्तचाप नियन्त्रणमा प्रभावकारी काम गर्छ। सुत्नुअघि एक गिलास धनियाको जुसको सेवन लाभदायक हुन्छ। यसले शरीरलाई आराम दिनुका साथै राम्रो निद्रा लगाउन मद्दत गर्छ।
धनियाको जुसको सबैभन्दा ठूलो फाइदा भनेको धनियाँमा भरपुर मात्रामा क्याल्सियम पाइन्छ। यसले हड्डी बलियो बनाउँछ। साथै भाँचिएको हड्डी जोड्न पनि मद्दत गर्छ।
धनियाँमा एन्टीसेप्टिक गुण हुन्छ। यसले शरीरलाई विभिन्न प्रकारका संक्रमणबाट बचाउँछ। नियमित धनियाँ सेवनले पानी तथा खाद्यानको सेवनले शरीरमा हुनसक्न विभिन्न संक्रमणाट बचाउन सहयोगीको भूमिका निर्वाह गर्नसक्छ।
धनियाँ मधुमेह कम गर्नका लागि पनि प्रयोग गर्न सकिन्छ। धनियाँले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने