सर्पले टाेक्याे? के गर्ने?

बढ्दो गर्मी, बाढीपहिरो र डुबानका कारण सर्पदंशका घटना भइरहेका छन्। विशेषगरी तराई–मधेशमा केही समययता सर्पदंश बढिरहेका छन्।
तराईका सर्प विषालु हुन्छन्। तराईमा पाइने कोब्रा, गोमन र करेन्ट सर्प अत्यन्तै विषालु हुन्छन्। तराईतिरको सर्पले टोक्दा स्नायु प्रणाली र मुटुमा असर गर्छ। समयमै उपचार हुन सकेन भने बिरामीको ज्यानै जान पनि सक्छ।
पहाडी भेगमा पाइने सर्प त्यति विषालु हुँदैनन्। पहाडतिरको सर्पले डस्दा डसेको भाग सुन्निन्छ।
पहाडतिर सर्पले टोक्दा प्राथमिक उपचार गरेर अस्पताल लग्न सकिन्छ। अस्पताल पुर्याउनुअघि बिरामीलाई सुताएर टोकेको भागभन्दा केही माथि एउटा औँला छिर्नेगरी ‘ब्यान्डेज’ बाँध्नुपर्छ।तराईमा सर्पले टोक्दा भने तुरुन्त उपचार केन्द्र पुर्याइहल्नुपर्छ। ढिलो गर्नुहुँदैन।
धेरै विषालु भए सर्पको विषले वाकवाक आउने वा बेहोश हुने समस्या देखिन्छ। सर्पदंशमा परेकाले आत्तिनु हुँदैन। बिरामीलाई चाँडोभन्दा चाँडो उपचार केन्द्र पुर्याएर ‘एन्टी स्नेक भेनम’ दिनुपर्छ। सर्पले टाेकेकाे भाग चलाउनु हुँदैन।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना