बदलियाे पिसाबकाे रंग?, यस्ता समस्या हुन सक्छन्
पिसाबबाट शरीरमा रहेका विकारहरू निक्लिन्छन्। पिसाबको रंग हेरेर स्वास्थ्यस्थितिबारे जानकारी लिन सकिन्छ–
हल्का पहेँलो
पिसाबको रंग हल्का पहेँलो छ भने स्वास्थ्य ठीक छ भन्ने संकेत हो। शरीरले राम्रो काम गरिरहेको छ भन्ने संकेत हो।
पहेँलो
शरीरमा पानीको मात्राको कमी भयो भने पिसाबको रंग पहेँलो हुन्छ। प्रशस्त पानी पिउँदा यो समस्याबाट पार पाइन्छ।
गाढा पहेँलो
अत्यधिक औषधि सेवनले पिसाबको रंग गाढा पहेँलो हुन्छ। कलेजोको समस्या भयो भने पनि पिसाब गाढा पहेँलो हुन्छ।
रातो
रातो रंगको खानेकुरा वा फलफूल खाँदा पनि पिसाब रातो हुन्छ। तर यी कुरा नखाइकनै पिसाब रातो छ भने रगत हुनसक्छ ।
सुन्तला रंग
पिसाबको समस्या समाधानका लागि लिइरहेको औषधिले पिसाबको सुन्तला रंगकाे बनाउँछ।
दूधजस्तो सेतो
पिसाब दूधजस्तो सेतो देखियाे भने बुझ्रनुस् कि मूत्रप्रणालीमा इन्फेक्सन भयाे वा पत्थरी ।
पिसाबको रंग अस्वाभाविक रूपमा बदलिए वा माथि उल्लेख भएका संकेतअनुसार शंका लागे तुरुन्त चिकित्सककहाँ पुगेर सल्लाह लिनु उचित हुन्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’