बदलियाे पिसाबकाे रंग?, यस्ता समस्या हुन सक्छन्

पिसाबबाट शरीरमा रहेका विकारहरू निक्लिन्छन्। पिसाबको रंग हेरेर स्वास्थ्यस्थितिबारे जानकारी लिन सकिन्छ–
हल्का पहेँलो
पिसाबको रंग हल्का पहेँलो छ भने स्वास्थ्य ठीक छ भन्ने संकेत हो। शरीरले राम्रो काम गरिरहेको छ भन्ने संकेत हो।
पहेँलो
शरीरमा पानीको मात्राको कमी भयो भने पिसाबको रंग पहेँलो हुन्छ। प्रशस्त पानी पिउँदा यो समस्याबाट पार पाइन्छ।
गाढा पहेँलो
अत्यधिक औषधि सेवनले पिसाबको रंग गाढा पहेँलो हुन्छ। कलेजोको समस्या भयो भने पनि पिसाब गाढा पहेँलो हुन्छ।
रातो
रातो रंगको खानेकुरा वा फलफूल खाँदा पनि पिसाब रातो हुन्छ। तर यी कुरा नखाइकनै पिसाब रातो छ भने रगत हुनसक्छ ।
सुन्तला रंग
पिसाबको समस्या समाधानका लागि लिइरहेको औषधिले पिसाबको सुन्तला रंगकाे बनाउँछ।
दूधजस्तो सेतो
पिसाब दूधजस्तो सेतो देखियाे भने बुझ्रनुस् कि मूत्रप्रणालीमा इन्फेक्सन भयाे वा पत्थरी ।
पिसाबको रंग अस्वाभाविक रूपमा बदलिए वा माथि उल्लेख भएका संकेतअनुसार शंका लागे तुरुन्त चिकित्सककहाँ पुगेर सल्लाह लिनु उचित हुन्छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु