Health TV Online
Health TV Online
Health TV Online

यसकारण गर्मीमा पिउनुपर्छ मोही

यसकारण गर्मीमा पिउनुपर्छ मोही

काठमाडौं : विषेशगरी गाउँघरमा गर्मीयाममा अझै पनि मही खाने चलन छ।

शहरी क्षेत्रमा दही–मही भन्दा पनि बजारमा पाइने चिसो पेय पदार्थमा मानिसहरूको आकर्षण बढ्दो छ। तर बजारमा पाइने पेय पदार्थ भन्दा पनि महीको सेवन मानव स्वास्थ्यका लागि निकै नै लाभदायक रहेको चिकित्सकहरू बताउँछन्।

दौडधुपका कारणले गर्मी याममा शरीरमा आलस्यता आउँछ। महीको सेवनले शरीरमा स्फूर्ति बढ्नुको साथै पानीको मात्रा पनि आपूर्ति गर्ने गर्छ ।

महीले गर्मी याममा शीतलता प्रदान गर्नुका साथै गर्भवतीका लागि मही अति नै उपयोगी मानिन्छ। महीमा पाइने ‘प्रोबायोटिक’ले गर्भावस्थामा आमा र बच्चाको स्वास्थ्य ठीक बनाउन सहयोग गर्छ।

यस्ता छन् महीका फाइदा

महीमा प्रयाप्त मात्रामा क्लासियम पाइने भएकोले कब्जियत हुनबाट जोगाउँछ।

भुटेको जिराको साथमा मही सेवन गर्नाले पाचन प्रणाली ठीक राख्‍न मद्दत गर्छ।

मोटोपना अधिक हुँदा महीमा नुन मिलाएर पिउनु शरीरका लागि फाइदाजनक हुन्छ।

साँझबिहान  महीको सेवन गर्दा स्मरण शक्ति तेज हुन्छ।

पटकपटक बाडुल्की लाग्ने समस्या भए महीमा एक चम्चा अदुवाको रस मिलाएर सेवन गर्नु लाभदायक हुन्छ।

शरीरको पोलेको भागमा तुरुन्त मही लगाउँदा आराम मिल्छ।

महीमा पिठो मिलाएर तयार गरिएको लेप लगाउँदा छालाको चाउरीपना कम हुन्छ। गुलाबको जरालाई महीमा पिसेर अनुहारमा लगाउँदा डन्डीफोर हराउँछ।

बासी महीले हप्तामा दुई दिन धुँदा कपाल चम्किलो हुन्छ।

थप समाचार

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

डेंगुबाट बच्न अपनाउनुस् यी उपाय

यी रोग छन्, मासु कम खानुस्

यी रोग छन्, मासु कम खानुस्

छोकडा खानुका यी हुन् फाइदा

छोकडा खानुका यी हुन् फाइदा

गुणकारी फल अनार

गुणकारी फल अनार

गुणकारी अमला

गुणकारी अमला