गर्मीयाममा बच्नुस् साङलाबाट
गर्मीयाममा भान्छालगायतका कोठमा साङ्लाले निकै दुःख दिन्छ। यसले खानेकुरा दुषित बनाइदिन्छ। साङ्ला यस्तो जीव हो, जसको प्रजनन क्षमता अत्यधिक हुन्छ। यो सहजै मर्ने वा नष्ट पनि हुँदैन।
साङ्लाको र्यालमा ब्याक्टेरिया हुन्छ। साङ्लामा ‘सैलमोनेला’ नामक भाइरस फैलाउने ब्याक्टेरिया हुन्छ। खानेकुरा जुठो हालेर त्यसमा उसलेब्याक्टेरिया छाड्छ। यसको सेवनले ‘फुड’ प्वइजन हुनसक्छ। यति मात्र होइन टाइफाइड पनि हुन सक्छ ।
एक अध्ययन अनुसार, जीवाणु सूडोमोनाज ऐरुगिनोसा साङ्लाको पेटमा हुन्छ। यो युरिन ट्रेक्ट इन्फेक्सन, पाचनसम्बन्धी समस्या र सेप्सिसको कारण पनि बन्छ। साङलाकै कारण छालाको एलर्जी पनि हुनसक्छ।
कसरी बच्ने?
घरको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। साङ्ला बस्ने कुनाकाप्चामा दिनदिनै सफा गर्नुपर्छ।
लसुन, प्याज र मरिचलाई बराबर मिलाएर पिस्ने। उक्त मिश्रणलाई पानीमा मिसाएर घोल तयार गर्ने। त्यसलाई एउटा बोतलमा राखेर साङ्ला बस्ने कुना काप्चामा छर्किनुपर्छ। केही दिन नियमित छर्केपछि साङ्लाको समस्याबाट राहत मिल्छ।
सख्खर र बेकिङ सोडालाई बराबर मात्रामा मिलाउने र साङ्ला बस्ने स्थानमा राख्नुपर्छ। त्यसको छेउमा थोरै पानी राखिदिनुपर्छ। सोडा खाएपछि यसले पानी पिउँछ र मर्छ।
पानीमा डिटर्जेन्ट घोलेर साबुनको घोल बनाउने र घोललाई स्प्रेको माध्यामबाट साङ्ला बस्ने ठाँउमा छर्किने गर्नाले पनि साङ्ला हराउँछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण