Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कब्जियत छ? हटाउन अपनाउनुस् यी उपाय

कब्जियत छ? हटाउन अपनाउनुस् यी उपाय

६ वटा सुक्खा जामुनलाई पाँच मिनेटसम्म सुक्खा जामुनलाई तातो पानीमा भिजाउनुस् । त्यसपछि त्यसको बिउ निकाल्नुस् र मजाले पिस्नुस्। त्यसपछि त्यसमा मह र जीराको मिलाउनुस्। यसरी तयार भएको जुस पिउँदा कब्जियत हटाउन सहयोग गर्छ।

दुईवटा नासपाती, दुई चम्चा कागतीको रस, एक चिम्टी वीरेनुन लिनुस्। नासपातीका सानासाना टुक्रा पार्नुस् र पिस्नुस्। पिसेपछि एउटा गिलासमा रस निकाल्नुस्। त्यसपछि गिलासमा कागतीको रस र वीरेनुन हाल्नुस्। यो जुसले पनि कब्जियतमा फाइदा गर्छ।

एउटा स्याउ, आधी चम्चा सूपको धुलो, आधी कप पानी लिनुस्। सबभन्दा पहिला स्याउ काटेरपिस्नुस्। त्यसपछि यसमा पानी हालेर फेरि एकचोटि ब्लेन्डरमा हाल्नुस् । जुसलाई एउटा गिलासमा निकालेर त्यसमा सुपको धुलो हाल्नुस् र राम्ररी घोल्नुस्। यो जुसले पनि कब्जियत भएकालाई राम्रो परिणाम दिन्छ

आधा कागती, एक कप तातोपानी, एक चम्चा मह, आधी चम्चा जीराको धुलो तयार पार्नुस्। एक गिलास तातो पानीमा कागतीको रस, मह र जीराको धुलो हालेर मज्जाले घोल्नुस्। यो जुसले पनि कब्जियत भगाइदिन्छ।

थप समाचार

मुटुरोगबाट बच्न विचार व्यवस्थापन

मुटुरोगबाट बच्न विचार व्यवस्थापन

औषधीय गुणले भरिपूर्ण सिस्नो

औषधीय गुणले भरिपूर्ण सिस्नो

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा