यसकारण खानुपर्छ गाँजर
गाँजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ, जसले आँखाको ज्योति तेज पार्नमा सहयोग गर्छ। यसले रतन्धोबाट बचाउन मद्दत गर्छ ।
मुटुको चाल अनियमित हुने समस्या भएकाहरूका लागि पर्याप्त मात्रामा गाँजर खानु लाभदायक हुन्छ।
गाँजरले शरीरमा रगतको उत्पादन बढाउँछ। यसमा भिटामिन ए, बी, सी, डी, ई तथा के पाइन्छ ।
काँचो गाजर खानाले रजस्वलाका क्रममा हुने दुखाइ पनि कम हुन्छ।
गाँजर र मुलाको रस मिलाएर सेवन गर्नाले यौनक्षमता बढ्छ।
गाँजर खानाले श्वासनलीमा जमेको खोकी बाहिर निकाल्नसमेत मद्दत पुग्छ।
गाँजरको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै चाउरीपना कम हुन्छ।
गाँजरको नियमित सेवनले क्यान्सरजन्य रोगहरूको जोखिम पनि कम हुन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त
स्वास्थ्यमन्त्री उपेन्द्र यादवले दिए राजीनामा
नर्सहरुको हौसला बढाउन नेपाल क्यान्सर अस्पतालद्धारा विशेष कार्यक्रमको आयोजना
क्यान्सरबारे जनचेतनामूलक सन्देश दिने महजोडीको ‘के डेरा के घर’ टेलि चलचित्र
आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै