स्वस्थ र दीर्घायु रहन अपनाऔँ आयुर्वेदका यी नियम

संसारको सबैभन्दा पुरानो उपचारपद्धति हो आयुर्वेद। आयुर्वेदका प्रमुख ग्रन्थहरूमा चरकसंहिता र सुश्रुतसंहिता प्रमुख छन्। आयुर्वेदले रोग लाग्न नदिने र लागेका रोग निको पार्ने स्वास्थ्यका नियमहरू बताएको छ। तीमध्ये केही यस्ता छन्–
सत्यवादी हुनु, अक्रोधी हुनु, इन्द्रियहरूलाई अध्यात्म चिन्तनतिर लगाउनु, शान्त भइरहनु र सदाचारी हुनु, यी नियम पालना गर्दा स्वस्थ भइन्छ।
पहिले खाएको कुरा पचिसकेपछि मात्र अर्कोपटक खाना खानुपर्छ। शरीरका विभिन्न वेगहरू(दिसा, पिसाब आदि) रोक्नु हुँदैन। ब्रह्मचर्य र अहिंसा पालन गर्नुपर्छ। खतरा मोलेर साहसको काम गर्नुहुँदैन। यी नियम पालना गर्दा मानिसको आयु बढ्छ।
लोभ गरेर आफूलाई फाइदा गर्ने नगर्ने नजानी खाना खानु हुँदैन। कुन खानेकुराले आफ्नो शरीरलाई राम्रो गर्छ भन्ने बुझेर मात्र खानेकुरा खानुपर्छ। किनभने शरीर खानेकुराबाट बन्ने र अडिने हो।
खाना खाइसकेपछि मही खानुपर्छ। राति सुत्ने वेला दूध पिउनुपर्छ। बिहानीपख उज्यालो हुनलाग्दा पानी खानुपर्छ। यी नियम पालना गर्दा रोगहरूबाट बचिन्छ।
खाना खाइसकेपछि बसिरहँदा उँङ लाग्छ, खाना खानेबित्तिकै सुत्ने गर्यो भने मोटोपन बढ्छ। टहलिने गर्यो भने आयु बढ्छ र दौड्यो भने मृत्यु पनि पछिपछि दौडिन्छ।।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति