लेमन ग्रासको सेवनबाट हुने फाइदा

लेमन ग्रास भिटामिन ए, बी, सी र फोलेटको लागि राम्रो स्रोत हो। यसमा पाइने पोटेसियम, क्याल्सियम, म्याग्नेसियम, आइरनले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ। यसमा पाइने एन्टिसेप्टिक गुणले छालालाई स्वस्थ बनाइराख्न सहयाेग पुर्याउँछ।
लेमनग्रासको मुख्य तत्त्व लेमोनल वा सिट्रल हो। जसमा एन्टिफंगल र एन्टी माइक्रोबियल गुण पाइन्छ। लेमन ग्रास स्वास्थ्यको लागि धेरै नै उपयोगी छ।
लेमन ग्रासले पाचन, श्वास र स्नायु प्रणालीलाई ठीक राख्न मद्दत गर्छ। यसले खानाबाट शरीरका लागि आवश्यक पोषक तत्त्व अवशोषित गर्न सहयाेग गर्छ, जसले हाम्रो रोग प्रतिरोधी प्रणाली मजबुत हुन्छ।
लेमन ग्रासमा एन्टीहाइपर लिपिडोमिक र एन्टी हाइपर कोलेस्ट्रोस्ट्रोलेमल गुण हुन्छ जसले कोलेस्टेरोलको स्तरलाई स्वस्थ राख्न मद्दत गर्छ। यस्तै यसले शरीरमा जम्मा भएका हानिकारक विषाक्त पदार्थ निकाल्न सघाउँछ। शरीरबाट विषाक्त पदार्थ निस्किएपछि शरीरको अंगले राम्रोसँग काम गर्न सक्छ।
यसले शरीरमा युरिक एसिडको स्तर कम गर्न सहयाेग गर्छ। लेमन ग्रासमा पाइने डाइयुरेटिक गुणको कारण धेरैपटक पिसाब लाग्छ र पिसाबको माध्यमबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ। यसले पाचन स्वास्थ्य पनि ठीक गर्छ।
एक अध्ययनका अनुसार लेमन ग्रासान एन्टी माइक्रोबियल र एन्टी ब्याक्टेरियल गुण हुन्छ जसले पेटमा हुने इन्फेक्सनबाट लड्नमा मद्दत गर्छ । साथै यसले पाचनप्रणालीलाई सुधार्न, ग्यास्टोइन्टेस्टनल डिसअर्डर जस्ता समस्या रोकथाममा पनि सहयाेग गर्छ। लेमनग्रासको सेबनले कब्जियतको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ।
लेमन ग्रासमा पाइने एन्टीसेप्टिक र एस्ट्रिन्जन्ट गुणको कारण यो छालाको लागि धेरै फाइदाकारी हुन्छ। यसमा पाइने एन्टीब्याक्टेरियलले शरीरबाट आउने दुर्गन्ध भगाउन मद्दत गर्छ। साथै यसले फंगल र ब्याक्टेरियल इन्फेक्सनबाट जाेगाउँछ।
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने
भेरी अस्पतालमा पनि सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा