काफलकाे औषधीय गुण

आयुर्वेदअनुसार स्वस्थ्यका लागि मौसमी फल स्वास्थ्योपयोगी मानिन्छ। जुन मौसममा जे फल्छ, त्यही फल खानुपर्छ। बेमौसमी फल सेवन स्वास्थ्यका लागि उपयुक्त हुँदैन।
अहिले काफलको मौसम हो। यो जंगलमा प्रशस्तै पाइन्छ।काफल स्वादिष्ट मात्र होइन, स्वस्थ्यकर पनि हुन्छ।
काफल गुलियो–अमिलो मिश्रित रसिलो फल हो। यसमा औषधीय गुण पनि हुन्छ। विभिन्न स्वास्थ्य समस्यामा काफलको दाना, बोक्रा प्रयोग गर्न सकिन्छ ।
ज्वरो, घाँटीको समस्या, दम, रक्तअल्पता आदिमा काफलको सेवन उपयोगी हुन्छ। खानामा अरुचि भए यसको सेवन लाभदायी हुन्छ। यसमा एन्टी अक्सिडेन्ट भरपुर मात्रामा पाइन्छ। मधुमेहका साथै मुटु लगायत क्यान्सर रोगको जोखिम कम गर्ने आयुर्वेद विशेषज्ञहरू बताउँछन्।
घाउचोट निको बनाउन काफलको बोक्राको धुलो प्रयोग गर्न सकिन्छ। कानको रोग, आँखाको रोग, अनियमित मासिक स्राव, टाउको दुखाइ आदिमा काफलको धुलो, बोक्रा आदिको औषधि बनाएर खाँदा फाइदा हुन्छ।
यसैगरी दम, नपुंसकतामा समेत काफल उपयोगी हुन्छ।
चिकित्सा शिक्षा आयोगको बैठक : सिट बढाउन सिफारिसपछि निजीले निर्वाह भत्ता दिने
शिक्षक आन्दोलनको रिपोर्टिङमा खटिएकी पत्रकार कार्कीमाथि आक्रमण, आँखामा गम्भीर चोट
मानसिक स्वास्थ्यका क्षेत्रमा सर्वोच्च अदालतको परमादेश
आवासीय चिकित्सक पनि आन्दोलनमा
चिकित्सकहरूले बिहिबार २ घण्टा स्वास्थ्य मन्त्रालय घेर्ने