गर्मीमा यसरी गर्नुस् आँखाको हेरचाह
बढ्दो प्रदूषण, विश्व तापमानमा वृद्धिजस्ता कारण गर्मी मौसममा आँखामा विभिन्न संक्रमण देखा पर्ने गरेको छ।
संक्रमण हुँदा समयमै ख्याल नगरे आँखाको दृष्टि नै गुम्न सक्छ । गर्मीका बेला आँखा पाक्ने, आँखा चिलाउने, आँखा रातो हुने, आँखा पोल्ने लगायतका समस्या देखिन्छन्। यी समस्याबाट बच्न यस्ता उपाय अपनाउनुपर्छ
आँखामा धुलो पर्दा या चिलाउँदा रुमाल टिस्यु पेपरको प्रयोग गर्ने, जसले गर्दा आँखामा किटाणु सर्ने सम्भावना कम हुन्छ।
गर्मीमा बाहिर हिँड्दा चश्मा प्रयोग गर्ने आँखामा जथाभावी औषधि नराख्ने।
आँखा पखाल्दा सफा पानी मात्र प्रयोग गर्ने।
कचेरा आएमा आँखालाई हातले नछुने, आँखालाई छोइहालेमा साबुनपानीले हात धुने।
आँखा सुक्खा भएमा चिकित्सले सिफारिस गरेका औषधि मात्र प्रयोग गर्ने, आफूखुशी औषधि प्रयोग नगर्ने।
आँखा पोल्ने समस्या भएमा धुलो र घामबाट बच्नेआँखा पोलेको छ भने चिसो बरफ या आइसले सेक्ने।
आँखा पाकेका व्यक्तिले प्रयोग गरेका रुमाल प्रयोग नगर्ने।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण