बर्डफ्लुबाट जोगिन अपनाउनुस् यी उपाय
नियमित रूपमा साबुनपानीले राम्रोसँग हात धुने।
व्यक्तिगत सरसफाइमा ध्यान दिने।
आफ्नो वरिपरिको वातावरण सफा राख्ने।
बिरामी तथा मरेका कुखुरा तथा चराचुरुंगीबाट टाढा रहने।
प्रत्यक्ष सम्पर्क भएका बिरामी व्यक्तिहरू तथा चराहरू देखिए वा आफूलाई बिसञ्चो महसुस भएमा छिटो उपचारका लागि
नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने।
बच्चाहरूलाई मृत वा बिरामी पन्छीबाट टाढा राख्ने।
कुखुराको काँचो मासु काट्ने वा पकाउने मानिसले नाङ्गो हात, खुला नाक मुख गरी चलाउनु हुँदेन। कम्तीमा पनि हातमा
पञ्जा मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा यो रोगको जोखिम कम हुन्छ। यसबाहेक मासु काटकुट गरिसकेपछि हात राम्रोसँग साबुनपानीले सफा गर्ने, मासु तयार गर्दा प्रयोग गरिएका भाँडाकुँडा, औजार र अचानो राम्रोसँग सफा गरी निर्मलीकरण वा निःसंक्रमण गर्नु पनि यो रोगको संक्रमणबाट बच्ने उत्तम उपाय हो।
कुखुराको मासु कम्तीमा ७० डिग्री सेल्सियस तापक्रममा राम्ररी पकाएर खाने, यसो गर्दा भाइरस मर्छ।
जंगली तथा घरपालुवा पन्छी मरेको वा बिरामी भएको देखिएमा नजिकको पशुस्वास्थ्यकर्मी पशुस्वास्थ्य कार्यालयमा तुरुन्त जानकारी गराउने।
इन्फ्लुयन्जाको शंका लाग्नेबित्तिकै स्वास्थ्य संस्थामा सम्पर्क गर्ने र चिकित्सकको सल्लाहअनुसार गर्ने उनीहरूको सल्लाहविना औषधि सेवन नगर्ने।
मृत पन्छी र तिनीहरूको सुलीबाट टाढा रहने र सुरक्षित रूपमा गाड्ने प्रबन्ध मिलाउने।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा प्रेषित





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’