बढ्याे दादुराकाे संक्रमण
काठमाडाैं : नेपालमा दादुरा संक्रमण बढेको पाइएको छ। सन् २०१८ मा नेपालमा २४७ जनालाई दादुराको संक्रमण भएको युनिसेफले जनाएको छ। याे सन् २०१७ को तुलनामा साढे दुई गुणा धेरै हो। २०१७ मा ९९ जनालाई दादुरा भएकाे थियो।
२०१० देखि २०१७ सम्ममा करिब १७ करोड बालबालिकाले दादुरा खोपको पहिलो मात्रा छुटाएका छन्, जुन औसतमा बर्सेनि दुई करोडभन्दै धेरै भएको युनिसेफले जनाएको छ। खोप नलगाएका बालबालिका रहेका क्षेत्रहरू बढ्दै जाँदा धेरै देशमा दादुराको महामारी फैलिएको छ।
युनिसेफका अनुसार सन् २०१९ को पहिलो तीन महिनामा संसारभर एक लाख १० हजारभन्दा धेरै दादुराका संक्रमण देखिएका छन्, जुन गत वर्ष सोही अवधिको तुलनामा करिब तीन गुणा बढी हो।
२०१७ मा एक लाख १० हजार मानिसको दादुराका कारण मृत्यु भएको थियो, जसमा अधिकांश बालबालिका थिए। यो २०१६ को तुलनामा २२ प्रतिशतले बढी हो।
बालबालिकालाई दादुराबाट जोगाउन यसको दुई मात्रा खोप लगाउनु आवश्यक हुन्छ। तथापि, खोपमा पहुँच नहुनु, उचित स्वास्थ्य सेवाको कमी, केही ठाउँमा खोपमाथि डर र शंकाजस्ता कारणले सन् २०१७ मा दादुराको खोपको पहिलो मात्रा लगाउने बालबालिका ८५ प्रतिशत थिए।
विश्व स्वास्थ्य संगठनले प्रतिरक्षाका लागि खोप लगाउनेको संख्या कम्तीमा ९५ प्रतिशत हुनुपर्ने मापदण्ड तोकेको छ।
तथ्यांकअनुसार, उच्च आय भएका मुलुकहरूमा दादुराको खोपको पहिलो मात्रा पाउने ९४ प्रतिशत छन् भने दोस्रो मात्रा पाउने ९१ प्रतिशत मात्र छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’