Health TV Online
Health TV Online
Health TV Online

निःशुल्क स्वास्थ्य शिविरमा ७२० ले लिए सेवा

निःशुल्क स्वास्थ्य शिविरमा ७२० ले लिए सेवा

हुम्ला ः जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ७२० ले सेवा लिएका छन्। सर्केगाडमा रहेको आयुर्वेद शाखाले वैशाख १० गतेदेखि सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा त्यस क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिएका हुन् ।

स्वास्थ्य शिविरको अन्तिम दिन बिहीबार महिला पुरुष गरेर २३९ ले स्वास्थ्य परीक्षण गरेको आयुर्वेद शाखा प्रमुख तिलजुङ्ग जनैदरले जानकारी दिए।

शिविरमा स्वास्थ्य परीक्षण गर्ने महिलामा तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, पिसाबसम्बन्धी, बाथ, युरिक एसिड, ढाड, कम्मर दुख्ने, छालासम्बन्धी, आँखासम्बन्धीका रोगी बढी भेटिएको जनैदारले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार