४२६ महिलाको निःशुल्क क्यान्सर परीक्षण
धनकुटा : धनकुटा नगरपालिका–३ मा ४२६ महिलाको निःशुल्क क्यान्सर परीक्षण गरिएको छ। नेपाल अबुर्द रोग निवारण संस्था धनकुटा र भक्तपुर क्यान्सर अस्पतालको संयुक्त आयोजनामा क्यान्सर परीक्षण गरिएको हो।
धनकुटा नगरपालिका–३ को भाषा माविको परिसरमा भएको शिविरमा स्थानीय महिलाहरूले पाठेघरसम्बन्धी क्यान्सर रोग परीक्षण गराएका हुन्। परीक्षणको रिपोर्ट आउन बाँकी रहेको आयोजक नेपाल अबुर्द रोग निवारण संस्था धनकुटाका अध्यक्ष नारायणप्रसाद रिजालले बताए।
वडा नम्बर ३ का अध्यक्ष विकास घिमिरेले महिलाको स्वास्थ्यमा कुनै समस्या नआओस् भन्ने उद्देश्यले शिविर सञ्चालन गरिएको बताए। घर आँगनमा गरिएको शिविरबाट धरै महिलाहरुले लाभ लिएको उनले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण