माैसम परिवर्तनसँगै अस्पतालमा बिरामीकाे चाप
बैतडी : परिवर्तित मौसमसँगै जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ। जिल्ला अस्पताल बैतडीमा दैनिक बिरामीको चाप बढेको स्वास्थ्य सहायक खेमराज भट्टले बताए।
मौसमी ज्वरो, रुघाखोकी, झाडापखालालगायतका बिरामीको सङ्ख्या बढेको उनले बताए। यी रोगबाट अन्यको तुलनामा बालबालिका बढी प्रभावित भएको बताइएको छ। अस्पतालमा दैनिक १०० को हाराहारीमा बिरामी आउने गरेको भट्टले जानकारी दिए।
यस्तै केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा पनि दैनिक ७० को हाराहारीमा बिरामी आउने गरेको स्वास्थ्य सहायक मुकेशकान्त दयालले बताए। पहिलाको तुलनामा आजभोलि ज्वरो, झाडापाखालालगायतका बिरामी बढेको तर प्राथमिक स्वास्थ्य केन्द्रमा औषधि अभाव रहेको उनले बताए।
नगरपालिकाले औषधिका लागि बोलपत्र आह्वान गर्न नसक्दा औषधि अभाव भएको दयालको भनाइ छ।
‘सरकारले प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि निःशुल्क वितरण गर्ने भए पनि आधा औषधि पनि छैन’, उनले भने।
केन्द्रमा औषधि नहुँदा बिरामी मर्कामा परेका छन्। मौसम परिवर्तन भएसँगै स्वास्थ्यमा विभिन्न समस्या आउनसक्ने भएकाले खानपिनमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण