स्पाइनल इन्जुरी अस्पतालका लागि उदयकुमार पियाले दिए तीन कराेड
चितवन : भरतपुर महानगरपालिकामा स्पाइनल इन्जुरी अस्पताल तथा पुनः स्थापना केन्द्र बन्ने भएको छ। सोमबार ‘श्री उदयकुमार चमेलीदेवी पिया चितवन स्पाइनल इन्जुरी अस्पताल तथा पुनः स्थापना केन्द्र’ को शिलान्यास गरिएको हो।
चितवन रोटरी क्लबको नेतृत्वमा रोटरी क्लब अफ रत्ननगर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ नारायणी मिड टाउन, रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ जावलाखेल स्पाइनल इन्जुरी संघ नेपालसँगको सहकार्यमा केन्द्र निर्माण गर्न लागेको बताइएको छ।
केन्द्र स्थापनाका लागि भरतपुर ३ नारायणगढका व्यवसायी उदयकुमार पियाले तीन करोड रुपैयाँ दान गरेका छन्। रोटरी क्लबहरू र अन्य स्रोतबाट एक करोड ५० लाख रुपैयाँ जुटाएर केन्द्रको स्थापना गर्न लागिएको छ।
भरतपुर महानगरले सानो मझुवा नगरवनमा रहेको एक विघा जग्गाको भोगाधिकार प्रदान गरेको छ। दुई वर्षभित्र २५ शय्या क्षमताको अस्पताल निर्माण गरी केन्द्र सञ्चालनमा ल्याउने तयारी छ। भविष्यमा केन्द्रलाई ५० शय्या क्षमतामा विस्तार गर्ने र फिजियोथेरापीलगायतका विधाको सिकाइ केन्द्रको रूपमाविकास गर्दै लैजाने लक्ष्य राखिएको छ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो