प्रदेश ३ मा औषधि अभाव हुन नदिन सामाजिक विकासमन्त्रीकाे निर्देशन
मकवानपुर : प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारले निःशुल्क उपलब्ध गराउने औषधिहरूको सहज आपूर्ति र व्यवस्थापनका लागि मातहतका निकायलाई निर्देशन दिएका छन्।
सोमबार प्रदेश ३ को समाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र उद्घाटन गर्दै मन्त्री दुलालले औषधि व्यवस्थापन, भण्डारण, वितरण तथा अनुगमन प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिएका हुन्।
हेटौँडा १ स्थित तत्कालीन क्षेत्रीय मेडिकल स्टोरमा प्रदेशअन्तर्गतको आपूर्ति व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको हो। केन्द्रले प्रदेशका १३ जिल्लाका स्वास्थ्य संस्थालाई औषधि वितरण गर्नेछ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित