प्रदेश ३ मा औषधि अभाव हुन नदिन सामाजिक विकासमन्त्रीकाे निर्देशन
मकवानपुर : प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारले निःशुल्क उपलब्ध गराउने औषधिहरूको सहज आपूर्ति र व्यवस्थापनका लागि मातहतका निकायलाई निर्देशन दिएका छन्।
सोमबार प्रदेश ३ को समाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र उद्घाटन गर्दै मन्त्री दुलालले औषधि व्यवस्थापन, भण्डारण, वितरण तथा अनुगमन प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिएका हुन्।
हेटौँडा १ स्थित तत्कालीन क्षेत्रीय मेडिकल स्टोरमा प्रदेशअन्तर्गतको आपूर्ति व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको हो। केन्द्रले प्रदेशका १३ जिल्लाका स्वास्थ्य संस्थालाई औषधि वितरण गर्नेछ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण