मुटुरोगको लक्षण र रोकथामको उपाय
श्वासप्रश्वासमा समस्या आउनु,
घाँटी दुख्नु,
टन्सिल हुनु,
देब्रे छाती दुख्नु,
मुटुको चाल बढ्नु,
रिंगटा लाग्नु,
बेहोश हुनु,
खलखल पसिना आउनु,
वाकवाकी लाग्नु,
वान्ता आउनु,
जिब्रो लरबरिनु,
हात झम्झमाउनु आदि ।
रोकथामको उपाय
धूमपान साथै सुर्तीजन्य पदार्थको सेवन नगर्ने , नियमित शारिरीक व्यायाम गर्ने, सागसब्जी र फलफूल बढी सेवन गर्ने, मासु, चिल्लो, बोसोयुक्त खानेकुरा, जंक फुड कम गर्नुपर्छ।
मानसिक तनाव कम गर्ने, तौल ठीक राख्ने, मोटोपन बढ्न नदिने, नियमितरूपमा चिकित्सकसँग परीक्षण गराई आवश्यक सल्लाह लिने गर्नुपर्छ।
मुटुका केही रोगहरू जस्तै उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कारणले हुन सक्ने हुँदा वेलावेलामा स्वास्थ्य परीक्षण गर्नुपर्छ।
खानपानमा सन्तुलन मिलाउन सके, नियमित अभ्यास गरे र समय समयमा स्वास्थ्य जाँच गराए मुटु रोग लाग्नबाट बच्न सकिन्छ।
मुटुरोगको प्रारम्भिक अवस्थामा उपचार गरे जोखिम कम हुन्छ। ढिलाे भए उपचार कठिन हुनुका साथै उपचार पनि धेरै महंगो हुन्छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’