कैदीको रगतले बच्यो सुत्केरीको ज्यान
सल्यान : कैदीले दान दिएको रगतबाट एक सुत्केरीको ज्यान जोगिएको छ । जिल्ला अस्पतालमा उपचारका क्रममा रोल्पाको गङ्गादेव गाउँपालिका–७की २१ वर्षीया मनिषा केसी ओलीलाई रगत अभाव भएपछि कैदी पूजा घर्तीले रक्तदान गरेकी हुन्।
गत शुक्रबारदेखि नै घरमै व्यथा लागेको मनिषालाई शनिबार बिहान जिल्ला अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । पेटमा रहेको बच्चाको मृत्यु भइसकेकाले शल्यक्रिया गरेर निकालिएको चिकित्सक प्रदीप शर्माले जानकारी दिए।
‘जिल्लामा ब्लड बैंक छैन’, उनले भने, ‘शल्यक्रिया गर्नुपरेमा रक्त समूह मिल्ने व्यक्तिलाई फोन गरेर अस्पतालमा बोलाएर रगत झिक्छौँ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल