मिर्गाैलाराेग विशेषज्ञ डा. शाह बनिन् इन्टरनेसनल सोसाइटी अफ नेफ्रोलोजीको काउन्सिल सदस्य
काठमाडौं : मिर्गाैलाराेग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाह इन्टरनेसनल सोसाइटी अफ नेफ्रोलोजीको काउन्सिल सदस्यमा चुनिएकी छिन्। याे सँगै उनी दक्षिण एसियाबाट सहअध्यक्ष समेत बनेकी छिन्। उनले पाकिस्तान र बंगलादेशका विशेषज्ञसँग प्रतिस्पर्धा गरेकी थिइन।
एक महिनासम्म अनलाइनमा ‘भोटिङ’ भएको थियो। उनीहरूलाई दक्षिण एसियाका मिर्गौलारोग विशेषज्ञले भोट गर्न पाउने नियम थियो। सबैभन्दा बढी भोट पाएपछि डा. दिव्या सहअध्यक्ष चुनिएकी हुन्। सहअध्यक्षको कार्यकाल २ वर्षको हुने र त्यसपछि स्वतः अध्यक्ष हुने नियम रहेकाले नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय संस्थाको अध्यक्ष समेत पाउने भएको छ। अध्यक्षको कार्यकाल भने चार वर्षको हुनेछ ।
यो प्रतिस्पर्धामा भाग लिन डा. दिव्याले दुईवटा विषय अघि सारेकी थिइन्। पहिलो, मष्तिस्क मृत्युपश्चात् हुने प्रत्यारोपणलाई बढाउने र दोस्रो, दक्षिण एसियामा मिर्गौला रोगका विभिन्न आयामको डाटा संकलन गरी यसलाई कम गर्न नीति तयार गर्ने।
डा. दिव्याले नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको संस्थाको सदस्य बन्न सफल भएको बताइन्। यसले नेपाल मात्र नभई दक्षिण एसियामै मिर्गौला रोगको क्षेत्रमा अझ बढी काम गर्न सक्ने वातावरण बन्ने उनले जिकिर गरिन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’