चितवनमा ६ जनाले जनाए मरणोपरान्त अंगदानकाे प्रतिबद्धता
चितवन : भरतपुर अस्पतालमा एक महिनामा ६ जनाले मरणोपरान्त अंगदान गर्ने भएका छन्। भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार २१ वर्षीय चन्द्रप्रकाश उपाध्यायले प्रतिबद्धता जनाएसँगै अंगदान गर्नेको संख्या ६ पुगेको हो।
उपाध्ययले आफ्नो २१औँ जन्मदिनको अवसर पारेर शनिबार अंगदान गरेका हुन्। उनी भरतपुर अस्पतालमा अंगदान गर्ने सबैभन्दा कम उमेरका अंगदाता हुन्।
उनले मृत्युपश्चात् मुटु, मिर्गौला, फोक्सो, कलेजो लगायत अंग दान गर्न मञ्जुरीनामा दिएका छन्।
उनीबाहेकका पाँच जना ५० वर्षमाथिका छन्। गत चैत ६ गते प्रदेश सांसद विजय सुवेदीले मरणोपरान्त अंगदानको घोषणा गरी कार्यक्रमको सुरुवात गरेका थिए।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै