डोटीमा ६६५ खोप केन्द्रबाट भिटामिन ए र जुकाको औषधि खुवाइँदै
डोटी ः जिल्लाका ६६५ खोप केन्द्रबाट भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ। नेपाल सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत डोटी जिल्लामा शुक्रबार र शनिबार औषधी खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रामस्वार्थ यादवले जानकारी दिए।
जिल्लाका ६६५ स्वास्थ्य स्वयंसेवीका तथा स्वास्थ्यकर्मीले खुवाइरहेको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ। ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १२ देखि ५९ महिनाका बालबालिकालाई जुकाको औषधि नजिकको खोप केन्द्रमा खुवाउन थालिएको जानकारी दिइएको छ।
डोटीमा भिटामिन ए र जुकाको औषधी खाने पाँच हजार बालबालिका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै