आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
काठमाडौं : शुक्रबार र शनिबार देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदैछ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम दोस्रो चरण अन्तर्गत ७७ वटै जिल्लाका ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ। यस्तै एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ।
साथै शिघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई पोषणस्थित लेखाजोखा र ६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई सूक्ष्म पोषणतत्व बालभिटा वितरण गरिनेछ।
यस अघि जिल्ला स्वास्थ्य र जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्ना जिल्लामा कार्यक्रम सञ्चालन गर्थे। संघीयतापछि देशभरका ७५३ स्थानीय तहले यो कार्यक्रम गर्ने जिम्मेवारी पाएका छन्।
कर्मचारी समायोजनका कारण स्वास्थ्यकर्मी असन्तुष्ट रहेकाले केही स्थानमा भने खोप कार्यक्रम प्रभावित हुने अनुमान गरिएकाे छ। तर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई सहजीकरण गर्न निर्देशन दिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण