यसरी हेरचाह गर्नुस् आँखाको
आँखा मानव शरीरको सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील भाग हो। त्यसैले आँखाको स्याहार अति छ। खासगरी, जाडो र हावा चल्ने मौसममा आँखा दुख्ने, धमिलो देख्नेजस्ता समस्यालाई सामान्य रूपमा लिनु हुँदैन। आँखामा सामान्य समस्या देखिए पनि त्यसले ठूलो रूप लिन सक्छ।
कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखासम्बन्धी समस्या देखिन सक्छ । अफिसमा कम्प्युटरमा काम गर्नु बाध्यता हुन सक्छ । तर, घरमा त्यस्तो अवस्था नरहन पनि सक्छ। तसर्थ, सकेसम्म घरमा कम्प्युटर, मोबाइलबाट टाढै बस्नु राम्रो हुन्छ।
आँखाका लागि खानेकुरामा पनि ध्यान दिनुपर्छ। खासगरी, पोषण र प्रोटिनयुक्त खानाको नियमित प्रयोग गर्नुपर्छ। हरियो तरकारी, माछा, फलफूल आदिको प्रयोग आवश्यक छ। यस्ता खानाले आँखासम्बन्धी गम्भीर समस्याबाट टाढै राख्छ।
आँखासम्बन्धी कुनै समस्या छैन भन्ने भए पनि वर्षमा एकपटक जाँच गर्नुपर्छ। त्यस्तै, प्रत्येक मिनेटमा तीन–चारपटक आँखा झिम्काउनुपर्छ। यसले तन्दुरुस्त राख्नुका साथै आँखालाई तनावमुक्त गर्न सघाउँछ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र