डेढ महिनामा ३०० जनाकाे स्वास्थ्य बिमा
दार्चुला : दुर्गम हिमाली जिल्ला दार्चुलामा डेढ महिनामा ३०० जनाले स्वास्थ्य बिमा गराएका छन्। सदरमुकाम खलंगामा डेढ महिनाअघि स्थापना भएको स्वास्थ्य बिमा बोर्डको कार्यालयमा करिब ३०० जनाले नाम दर्ता गराएको दर्ता अधिकारी दिपकसिंह क्षेत्रीले जानकारी दिए।
स्वास्थ्य बिमा कार्यक्रम दार्चुला जिल्लामा २०७५ फागुन २० गतेदेखि लागु भएको थियो। जिल्लाका नौ वटै स्थानीय तहका ६१ वडामा दर्ता सहयोगी नियुक्त गरी स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाइएको क्षेत्रीले बताए।
दार्चुलामा आगामी जेठ १ गतेबाट सेवा प्रदान गर्ने गरी स्वास्थ्य बिमा गराइरहेको बताइएको छ। २०७५ को मंसिर, पुस माघ, फागुन र चैतमा नाम दर्ता गराएकाले २०७६ जेठ १ गतेदेखि सेवा पाउनेछन्।
२०७६ को वैशाख, जेठ र असारमा नाम दर्ता गराएका नागरिकले भदौ १ गतेदेखि सेवा प्राप्त गर्ने जानकारी दिइएको छ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !