डेढ महिनामा ३०० जनाकाे स्वास्थ्य बिमा
दार्चुला : दुर्गम हिमाली जिल्ला दार्चुलामा डेढ महिनामा ३०० जनाले स्वास्थ्य बिमा गराएका छन्। सदरमुकाम खलंगामा डेढ महिनाअघि स्थापना भएको स्वास्थ्य बिमा बोर्डको कार्यालयमा करिब ३०० जनाले नाम दर्ता गराएको दर्ता अधिकारी दिपकसिंह क्षेत्रीले जानकारी दिए।
स्वास्थ्य बिमा कार्यक्रम दार्चुला जिल्लामा २०७५ फागुन २० गतेदेखि लागु भएको थियो। जिल्लाका नौ वटै स्थानीय तहका ६१ वडामा दर्ता सहयोगी नियुक्त गरी स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाइएको क्षेत्रीले बताए।
दार्चुलामा आगामी जेठ १ गतेबाट सेवा प्रदान गर्ने गरी स्वास्थ्य बिमा गराइरहेको बताइएको छ। २०७५ को मंसिर, पुस माघ, फागुन र चैतमा नाम दर्ता गराएकाले २०७६ जेठ १ गतेदेखि सेवा पाउनेछन्।
२०७६ को वैशाख, जेठ र असारमा नाम दर्ता गराएका नागरिकले भदौ १ गतेदेखि सेवा प्राप्त गर्ने जानकारी दिइएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’