नेपालमा व्यावसायिक स्वास्थ्य पत्रकारिताकाे जग बसाल्ने श्रेष्ठ रहेनन्
काठमाडौं : नेपालको पहिलो व्यावसायिक स्वास्थ्य म्यागेजिन ‘साधना हेल्थ’का प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधन भएको छ।
उपचारका क्रममा बुधबार बिहान ११ बजेर ५९ मिनेटमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा श्रेष्ठको निधन भएको हो। करिब साढे पाँच महिनाको उपचार र मिर्गौलाको पत्थरीको शल्यक्रिया गरेसँगै उनमा विभिन्न समस्या देखिएको थियो। स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा उपचार हुँदै आएको थियो।
कामना प्रकाशनका संस्थापक अध्यक्ष तथा साेही प्रकाशनबाट छापिने नेपाल समाचारपत्र दैनिकका प्रधानसम्पादक श्रेष्ठले २०५८ सालमा आफैँ प्रधानसम्पादक भएर साधना मासिक प्रकाशन गरेका थिए।
उनको निधनप्रति शोक वक्तव्य प्रकाशन गरी स्वास्थ्य पत्रकार मञ्च नेपालले श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ। ‘उहाँकाे निधनबाट स्वास्थ्य पत्रकारिताका साथै समग्र पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेकाे छ’, वक्तव्यमा भनिएकाे छ।’
पशुपतिनाथस्थित आर्यघाटमा उनकाे अन्त्येष्टि गरिने परिवारले जनाएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण