बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढ्दो
नेपालगञ्ज : बाँकेमा कुपोषित बालबालिकाको सङ्ख्या बढेको पाइएको छ। कुपोषित बालबालिकाको उपचारका लागि बाँकेमा स्थापना गरिएका १३ वटा बहिरङ्ग उपचार केन्द्रमा ४१८ कुपोषित बालबालिका भर्ना भएका छन्। तीमध्ये ११४ जना उपचारपछि स्वस्थ भएर घर फर्किएका छन्।
सहारा कार्यक्रमका संयोजक इन्द्र आउजीले बिचमै उपचार लिन छाड्ने दर अत्यधिक रहेकाले उपचारमा समस्या भएको बताए। केन्द्रमा भर्ना गरेकामध्ये २०५ जना कुपोषित बालबालिकाले बीचमै औषधि छाड्ने गरेकाले उनीहरू जोखिममा परेको उनको भनाइ छ। उनीहरूलाई पनि नियमित उपचारमा फर्काउन स्वास्थ्य स्वयंसेविकालाई परिचालन गर्ने गरी तयारी गरिएको संयोजक आउजीले बताए।
सबैभन्दा धेरै कुपोषित बालबालिका जिल्लाको डुडुवा गाउँपालिकामा देखिएका छन्। उपचारका लागि भर्ना भएकामध्ये ८४ जना डुडुवा गाउँपालिकाका बालबालिका रहेका छन्।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र